सल्यानमा आगलागीमा आमाछोराको मृत्यु, बाग्लुङमा नाती नातिना खरानी

Posted on: May 02, 2016 | views: 209

१५ बैशाख, सल्यान ।
सल्यानमा आगलागीमा परी एकै घरका आमाछोराको ज्यान गएको छ ।

सल्यान शारदा नगरपालिका–११ हिवल्चास्थित बागमारेका ४५ वर्षीया बालिका बस्नेत र छोरा १२ वर्षीय नवीन बस्नेतको जङ्गलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा गएराति जलेर ज्यान गएको हो ।

एक हप्तादेखि जङ्गलमा लागेको आगो गाउँमा पस्न थालेपछि नियन्त्रण गर्न जाँदा आमाछोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी बाग्लुङ बोहरागाँउ–७ बस्ने हिम बहादुर घर्तीको घर गोठमा मंगलबार आगलागी हुदाँ उनको ७ बर्षीया नातिनी समुन्द्र घर्ती र ३ बर्षीय नाती मनोज घर्तीको जलेर मृत्यु भएको छ ।  आगलागीबाट १३ लाख रुपैया बराबरको धनमाल समेत जलेर क्षति भएको छ ।