राजनीतिक दलको विधेयमा नेताका तालतालका भनाई

Posted on: May 03, 2016 | views: 225

१५ बैशाख, काठमाडौं ।
व्यवस्थापिका संसद्, राज्यव्यवस्था समिति र निर्वाचन आयोग नेपालबीच राजनीतिक दलसम्बन्धी बनेको विद्येयकमाथि छलफल भएको छ ।

राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विद्येयक–२०७२ माथि आज निर्वाचन आयोगमा छलफल भएको हो ।

छलफलमा राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले संविधानको कार्यान्वयनका लागि निर्वाचनसम्बन्धी नयाँ कानुनको आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

सभापति घर्तीले राज्य व्यवस्था समितिमा आएका सुझावलाई निर्वाचन आयोगले समेट्ने अपेक्षा गर्नुभयो ।

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान स्थायी सरकार आवश्यक रहेको भन्दै राजनीतिक दललाई स्वच्छ र पारदर्शी तवरले अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नेकपा ९एमाले०का नेता युवराज ज्ञवालीले धेरै पार्टी मुलुकमा आवश्यक नभएको भन्दै पार्टी एकीकरणको कानुनलाई खुकुलो बनाउनुपर्ने बताउनुभयो ।

एकिकृत माओवादीका सन्तबहादुर दरैले पार्टी एकीकरणमा दुबै दलको बहुमत पु¥याउने परिपाटी उपयुक्त नभएको धारणा राख्नुभयो ।

नेकपा९माले०का अइन्द्रविक्रम नेम्वाङले कुल मतको १ दशमलब ५ प्रतिशत मत ल्याउने राजनीतिक दललाई सरकारले अनुदान उपलब्ध गराउने विद्येयकको विरोध गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले समानुपातिक तर्फ सुरक्षा निकाय, कर्मचारी मतदान गर्न पाउने र सो ठाँउमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गलत भएको धारणा राख्नुभयो ।

निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबै राजनीतिक दलका प्रतिनिधीसँग छलफल गरेर विद्येयक ल्याएको छलफल गरेर अन्तिम रुप दिने जानकारी दिनुभयो ।