प्रधानमन्त्रीले इन्जीनियरहरुलाई विदाई गरे

Posted on: May 02, 2016 | views: 270

१५ बैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट बढी प्रभावित जिल्लाहरुमा खटिएका इन्जिनियरहरुलाई आज कामको सफलताको शुभकामना दिंदै विदाई गर्नुभएको छ ।

सरकारले भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा नीजि आवास पूनःनिर्माणका लागि  आजबाट एक हजार ३४६ इन्जिनीयरहरु खटाएको छ ।

एउटा गाउँविकास कम्तिमा २ जनाकादरमा खटिएका इन्जिनीयरहरुले गाउँमा गएर सरकारले वितरण गरिरहेको २ लाख अनुदान वितरणमा सहयोग गर्ने, भूकम्प प्रभावित क्षेत्रमा रहेको समस्या समाधान गर्ने र नीजि आवास निर्माणमा प्राविधिक सहयोग पु¥याउने छन् ।

इन्जिनियरहरुका लागि आवास पूनःनिर्माण सम्बन्धी आधारभुत तालिमको समापन र उनीहरुलाई कार्यक्षेत्रमा जान विदाई गर्नुहुदै प्रधानमन्त्री ओलीले सवै राजनीतिक दलहरुलाई बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म एक महिना पूनःनिर्माणका लागि स्वयम सेवक खटाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अवको पून निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भूकम्प प्रतिरोधी नीजि आवास निर्माणमा जिम्मेवार भएर लाग्न इन्जिनियरहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय पूनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षती ग्रस्त ८ लाख बराबर घर एकै पटक निर्माण गर्न नसकिने भएकाले गरिव र विपन्न वर्गको घर निर्माणलाई पहिलो प्राथमिकतामा राखेर पूनःनिर्माणमा लाग्न आग्रह गर्नु भयो ।