माओवादीका मन्त्री रुवाउँदै अर्धाङ्गिनी

Posted on: May 03, 2016 | views: 273

१५ बैशाख, काठमाडौ ।
जीवनभर लगाइएको आमूल परिवर्तनको नारालाई चटक्क भुलेर नयाँ शक्तिका नेता डा। बाबुराम भट्टराई यसपालिको फागुमा सुन्दरी नायिका करिश्मा मानन्धरको हातबाट टिका लगाइ माग्न उनकै निवास पुगे ।

यो राजनीति थियो कि भावपूर्ण सम्बन्ध भविष्यले खुलासा गर्ने नै छ।

यता दुई वर्षअघि आफ्नै आमाको देहावसान हुँदा यो सामान्य सांसारिक प्रक्रिया हो भन्दै आँसु पनि नझारेका कृषिमन्त्री हरिबोल गजुरेल चलचित्रमा गाई मरेको नक्कली दृश्य देखेर डाँको छाड्नुको कारणचाहिँ के होला ?

सिन्धुलीमा एमाओवादी पार्टी अध्यक्षले भने हरिबोलले दुवै हातको मुख छोपेर क्यामेरासामु रुनुको कारण पार्टी कार्यालयमै छरपस्ट पारिदिएकमा छन् ।

एमाओवादीका अध्यक्ष राजन दाहालले मन्त्री रुनुको भित्रि रहस्य दर्जन कार्यकर्ता सामु खोल्दै भने यसका पाँच कारण छन् । सावित्री पाण्डे९मन्त्राणि० पहिलो कारण हो । उनले यसको पुष्टि गर्दै सुनाए–मन्त्री भनेर कार्यकर्ता भेट्न जान्छन् तर उनलाई पटक्कै मन पर्दैन ।

चियासिया खुलाउनु त परको कुरा सञ्चो विसञ्चो समेत सोध्दिनन् । मन्त्राणीले झर्कोफर्को गरेपछि कार्यकर्ताले कसरी मन्त्रीलाई आफ्नो सम्झनु ? आजको जनआस्थामा समाचार छ ।