सिरियामा भयानक विस्फोट कम्तिमा १ सय ४० जनाको मृत्यु

Posted on: April 30, 2016 | views: 139

१० फागुन, एजेन्सी ।
सिरियामा भएको पछिल्लो शक्तिशालि बम विस्फोटमा परि कम्तिमा १ सय ४० जनाको ज्यान गएको छ ।

सिरियाको होम्स र दमासकसमा भएको यस्ता विस्फोटमा परि अन्य सय बढी व्यक्ति घाइते भएका छन् ।

दमासकसमा भएको चारवटा विस्फोटमा कम्तिमा ८३ जनाको र होम्समा भएको विस्फोटमा ५७ जनाको मृत्यु भएको सिरियाली अधिकारीहरुले जनाएका छन् ।

अतिवादी ईस्लामिक संगठन आइएसले यस्तो आतंककारी घटनाको जिम्मा लिएको छ । मृत्यु हुनेमा अधिकाशं सर्वसाधारण नागरिक छन् ।

आइएसले मुस्लिम अल्पसंख्यक समुदायलाई निशाना बनाएर विस्फोट गराएको र दमास्कसको साइद अजाइन शिया मुसलमानको सबैभन्दा पवित्र ठाउँ भएको बताइएको छ ।