दोधारा चाँदनीको गौरी शंकर सामुदायिक बनमा आगो लाग्यो

Posted on: May 02, 2016 | views: 237

पप्पु गुरुङ्, १४ बैशाख, दोधारा चाँदनी /कञ्चनपुर  । गौरीशंकर मध्यवर्ती सामुदायिक बन दोधारा चाँदनीमा आगो लागेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ स्थित रहेको गौरीशंकर मध्यवर्ती सामुदायिक बनमा अचानक आगो लागेपछि स्थानिय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउन लागेको गौरीशंकर मध्यवर्ती सामुदायिक बनका सचिव धर्मराज सेठ्ठीले बताउनुभएको छ् । आज अरान्ह करिब १ बजेर ३० मिनेट जादा आगो लागेको देखेपछि स्थानियहरु तथा प्रहरीहरु मिलेर आगो निभाउन लागेको स्थानियहरुले बताएका छन् । समाचार तयार पारुन्जेल स्थानिय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको गौरीशंकर मध्यवर्ती सामुदायिक बनका सचिव धर्मराज सेठ्ठीले जानकारी दिनुभएको छ् । आगो कसरी लाग्न पुग्यो भन्ने बिषयमा जानकारी नभएको बन समितिले जनाएको छ् ।