कञ्चनपुरका जिशिअ माथि कालोमुसो दल्ने प्रयास

Posted on: May 02, 2016 | views: 250

पप्पु गुरुङ्, १३ वैशाख / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामी माथि कालोमुसो दल्ने प्रयास भएको छ । संयुक्त विद्यार्थी संघर्ष समिति संग छलफलका क्रममा कालोमुसो दल्ने प्रयास हुदा हातपात समेत भएको छ । विद्यार्थी नेता संग कुराकानी भइरहदा १ जना व्यक्तिले आक्रोशित हुादै कालोमुसो दल्न खोजेको र कालोमुसो दल्ने प्रयास असफल भएको जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामीले बताउनुभयो । उहाका अनुसार कालोमुसो दल्न खोज्नुको कारण बारे थाहा भएको छैन । कार्यालयमा काम गर्न असहज भएको भन्दै जिल्ला शिक्षा कार्यालयका कर्मचारीले शान्ति सुरक्षाको माँग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको ध्यानाकर्षण गराएका छन् । संयुक्त विद्यार्थी संघर्ष समितिका नेताहरुले घटनामा आफूहरुको संलग्नता नरहेको जनाएका छन् । जिल्ला शिक्षा अधिकारी संग तहगत अनुमति कक्षाका लागी थप दरवन्दी मिलानमा आर्थिक चलखेल, फर्जि रेकर्ड, नातावादका विषयमा काम कार्वाही गरेको वारेमा छलफल भइरहेका बेला केही व्यक्तिको समूहले हातपात गरेको विद्यार्थी नेताले जनाएका छन् । यसै बीच एकीकृत नेकपा माओवादी निकटको अखिल क्रान्तिकारी, अनेरास्ववियु छैठौ र अनेरास्ववियुले जिल्ला शिक्षा अधिकारी माथि भएको अमानविय दुर्व्यवहारको भत्सर्ना गरेका छन । अनेरास्ववियुका जिल्ला अध्यक्ष ओम वस्नेत, छैठौका जिल्ला अध्यक्ष भीम राज जोशी र क्रान्तीकारीका कार्यालय सचिव तारादत्त पन्तले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै घटनाको भत्सर्ना र ऽव्यवहार गर्ने व्यक्तिको छानविन गरी कार्वाहीको माँगका साथै दोषी पहिचान गरी कार्वाही नगरे प्रशासन विरुद्ध अन्दोलन गर्ने चेतावनी दिएका छन् ।