मध्यरात भूकम्पको ठूलो धक्का, काठमाडौंदेखी पोखरासम्म हल्लायो

Posted on: April 30, 2016 | views: 168

१० फागुन, काठमाडौं ।
हप्ता महिना दिन बिराएर बैशाख १२ गतेको शक्तिशालि भूकम्पपछि आइरहेको साना ठूला भूकम्पको धक्का गएराती फेरी दोहोरिएको छ ।

५.५ रेक्टरको शक्तिशालि भूकम्प गएराती गोरखा केन्द्रविन्दु भएर गएको छ । आइतबार राति ११ बजरे ५४ मिनेटमा गएको भूकम्पको धक्का पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पराकम्पको धक्का गोरखासहित नुवाकोट, धादिङ, रसुवा, काठमाडौं उपत्यकामा देखी कास्की पोखरा सम्म अनुभव गरिएको हाम्रा जिल्ला सम्वाददाताहरुले जानकारी दिएका छन् ।

पछिल्लो पटक गत माघ २२ गते पनि राति १० बजेर पाँच मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केल मापनकै भूकम्पको धक्का गएको थियो ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको ७ महिना पछि समेत ठूला खालका भूकम्प लगातार आइरहँदा नागरिकमा भूकम्पको त्रास कायमै रहेको छ ।

भूकम्प मापन केन्द्रका अनुसार गत बैशाख १२ यता मात्रै चार रेक्टर स्केल माथिका ४ सय ३४ वटा पराकम्प गएको छ । यस्तो पराकम्प आउने क्रम जारी रहेको र यो कहिले रोकिने भन्नेबारेमा केही भन्न नसकीने जनाउँदै केन्द्रले भूकम्पबाट जोगिने उपाय अवलम्वन गरिराख्नुपर्ने बताएको छ ।