देउवाको दिल्ली भेटघाटले काठमाडौंमा तरंग

Posted on: May 02, 2016 | views: 137

काठमाडौं,बैशाख १३ । कांग्रेस सभापति  तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली पुग्नासाथ नेपाली राजनीतिमा अज्ञात आशंकाहरु  बढ्दो छ । एक जना नेता दिल्ली जानु खासै ठूलो कुरा होइन होला । तर, देउवाको दिल्ली भ्रमण अनेक कारणले अनौठो देखिएको छ । मुख्य कुरा उनले भारतीय गुप्तचार संस्था  रअका प्रमुख राजिन्दर खन्नासँग भेटेका छन् ।

देउवाको दिल्ली भ्रमण विगतजस्तो सामान्य मात्र रहेन । उनले जे जस्तो भेटघाट गरेका छन् त्यसले अनेक संकेत दिएको छ । दिल्ली नेपालमा के चाहन्छ भन्ने एकसरो संकेत यो भ्रमणका क्रममा मिलेको जानकारहरु बताउँछन् । नेपालमा नाकाबन्दी लगाइँदा भारतको  सत्ता र विपक्षका पार्टीहरु विभाजित भएका थिए । भारतको राज्यसभामा नेपाल सम्बन्धमा बेग्लै बैठक आयोजना गरेर  सत्तापक्ष र विपक्षले जुहारी खेलेका थिए । अहिले विपक्षले नेपाल मामिलामा सत्तापक्षको आलोचना गरेको सुनिंदैन । बरु नेपालबारे उनीहरुले मिलेर खेल्न थालेको संकेत मिलेको छ । उच्च स्रोतका अनुसार रअका प्रमुखसँग देउवाले भेट गर्नुलाई अनौठो मानिएको छ । कुनै देशका उच्च नेता अर्को देशमा जाँदा त्यहाँका गुप्तचर प्रमुखसँग भेट्नु अस्वभाविक मानिन्छ । तर, के कुरा भयो खुलाइएको छैन । नेपालमा वेटिङ प्रधानमन्त्रीका रुपमा रहेका देउवाले यसरी भेट्नु आपत्तिजनक भएको जानकारहरु बताउँछन् ।

देउवाको हिन्दु अतिवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरआरएस)का नेता राममाधव सिंहलाई भेट्नुलाई झन् अनौठो  र अर्थपूर्ण मानिएको छ । यो संघलाई पार्टी बिजेपीभन्दा पनि शक्तिशाली मानिन्छ । किनकी यसैले भाजपा चलाउने हैसियत राख्ने चर्चा गरिन्छ । भाजपालाई हिन्दुत्वको विषयमा यसैले  गाइड गर्छन । यस अघि पनि देउवा दिल्ली जाँदा हिन्दु राज्यको पक्षमा उभिन भनिएको थियो । फेरि पनि यही भन्न खोजिएको चर्चा गरिन्छ । देउवा पक्षकै नेता खुमबहादुर खड्का हिन्दु राष्ट्रको अभियानमा छन् । अर्का महामन्त्री शशांक कोइरालाले पनि हिन्दु राष्ट्रको पक्षमा वकालत गरिरहेका छन् । त्ससैले सरकार परिवर्तन र हिन्दुको विषयमा देउवाको सक्रियतालाई महत्वको साथ हेरिएको आजको साँघु साप्ताहिकमा खबर छ  ।