मध्यराति गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Posted on: May 03, 2016 | views: 323

काठमाडौं,फागुन १० । मध्यराति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राती ११ बजेर ५४ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएर ५.५ रेक्टर स्केलको भुकम्पको धक्का गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको पाँच खुवा देउरालीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मध्य नेपालमा हल्लाएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार वैसाख १२ पछि गएको यो ४३१ औ परकम्प हो । यसअघि आइतबार बिहान नुवाकोट केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प गएको थियो ।