भूकम्पले भत्किएको धरहरा एक वर्षमा कस्तो भयो ?

Posted on: May 03, 2016 | views: 202

१३ बैशाख, काठमाडौं ।
विनाशकारी भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ ।

राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको एक वर्ष पूरा भएको छ। धरहरा भत्किदा धरहराको टुप्पोमा रहेका र जमिनमा समेत रहेका धेरै हताहत भए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पबाट ज्यान गुमाएकाहरुप्रति धरहरामा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार विहान काठमाडौको सुन्धारा पुगेर क्षतिग्रस्त धरहराको परिसरमा भुकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मृतकहरुको सम्झनामा प्रधानमन्त्री ओलीले क्षतिग्रस्त धरहराको परिसरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

गत वर्षको वैशाख १२ गते गएको भुकम्पका कारण धरहरा भत्किंदा दर्जनौंको मृत्यु भएको थियो। भुकम्पका कारण ६ लाख भन्दा बढी घर भत्किंदा सिन्धुपाल्चोक, काठमाडौ, धादिङ, रसुवा, काभ्रे लगायतका १४ वटा जिल्लामा ८ हजार ८ सय ५६ जनाले ज्यान गुमाएका थिए ।