मरिसकेकाको नाममा पनि भत्ता

Posted on: May 02, 2016 | views: 216

१२ बैशाख, काठमाडौं ।
सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता दोहोरो भुत्तानी दिएर, नक्कली औंठा छाप लाएर र लगतकट्टा नगरी हिनामिना गरेको पाइएको छ। कारोबार दैनिकमा समाचार छ।
 
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०७१÷७२ को लेखापरीक्षण गर्दा १८ गाविसमा सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको पाइएको हो।
 
महालेखाले मुस्ताङ, तेह्रथुम, धादिङ, सोलुखुम्बु, अर्घाखाँची, कञ्चनपुर, रौतहट र सल्यानका १८ गाविसमा मृत्यु भएका, लगत नभएका र बसाइँ सरेकाको नाममा भत्ता निकासा भइरहेको फेला पारेको हो। ती गाविसमा नमुना लेखापरीक्षण गर्दा १८ लाख रुपैयाँ हिनामिना गरेको फेला परेको छ।
 
महालेखाले असुल गर्नु पर्ने र अनियमितता गर्ने अधिकारीमाथि कारबाही गर्न आग्रह गरेको छ। महालेखाले कञ्चनपुरको रतेलीबिचवा गाविसको मुल अभिलेखमा नभएका मतिया रानालाई दोहोरो भुक्तान दिएको फेला पारेको छ।