कनकमणी दीक्षित आईसीयूमा, रिहा गर्न पश्चिमा देशको दबाब

Posted on: May 02, 2016 | views: 237

१२ वैशाख, काठमाडौं ।
करोडौं रुपैयाँ अवैध रुपमा धन थुपारेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका  कनकमणी दिक्षितलाई छाट्न पश्चिमा देशले दवाव दिएका छन् ।

नेपालमा पश्चिमा देशको एजेन्टको रुपमा पत्रकारिता गर्दै आएको आरोप लाग्दै आएका दिक्षित अख्तियारले पक्राउ गरेपछि बिरामी भएको बहानामा अस्पताल भर्ना भएका छन् ।

शुक्रबार पक्राउ परेका दिक्षित हिरासतमै अस्वस्थ भएको भनेपछिि शनिबार उनलाई वीर अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

उनको रक्तचाप निकै बढ्नुका साथै मुटु र छातीमा समेत समस्या देखिएको अस्पतालका चिकित्सकहरुले बताएको आजको अन्नपूर्ण पोस्ट दैनिकले जनाएको छ ।

उता, भारत, बंगलादेश, श्रीलंका, अमेरिका र बेलायतका पत्रकार तथा बुद्विजीविले दीक्षितलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

शनिबार संयुक्त प्रसविज्ञप्ति जारी गर्दै उनहिरुले दीक्षितलाई रिहा गर्न माग गरेका हुन् ।  भारत अमेरिका श्रीलंका लगायतका विभिन्न देशका ३४ जना वरिष्ठ पत्रकारले दीक्षितको रिहाइको लागि दबाब दिएका हुन् ।

यस्तै विभिन्न देशका कुटनीतिक ाियनेग मार्फत समेत दीक्षितलाई रिहाइ गर्न दवाव दिएको बताइएको छ ।

कनकमणि दीक्षितले ५ करोड कमाएर १२ करोड कहाँबाट खर्च गरे

कनकमणी दिक्षितलाई अख्तियारले यसरी समात्यो (भिडियो)