अब प्रधानमनत्रीससँग सिधा कुरा गर्न पाइने

Posted on: May 01, 2016 | views: 181

१२ बैशाख, काठमाडौं ।
नेपाल टेलिभिजनबाट शनिबारदेखि सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम प्रसारण हुने भएको छ ।

जनताले टेलिफोन तथा विभिन्न सञ्चारका माध्यमको प्रयोग गरी प्रधानमन्त्रीसँग आफ्ना समस्या, गुनासादेखि लिएर सल्लाह सुझाबसम्म राख्न सक्नेछन् ।

प्रत्येक शनिबार बेलुका ८:४५ देखि साढे ९ वजेसम्म सिधा कुरा प्रधानमन्त्रीसँग प्रसारण हुनेछ ।

आज कार्यक्रमको पहिलो भागको विषय भूकम्प र यसपछिको पुनर्निर्माण रहेको नेपाल टेलिभिजनले जनाएको छ ।