कैलालीमा आगलागी, नियन्त्रणमा आउन सकेन

Posted on: May 02, 2016 | views: 228

११ बैशाख, कैलाली ।
कैलालीको चुरे क्षेत्रमा सातादेखि लागेको डढेलो नियन्त्रणका आउन नसक्दा कराडौ बराबरको प्राकृतिक सम्पदा जलेर नष्ट भएका छन् ।

चुरे क्षेत्रमा बैशाषको पहिलो सातादेखि लागेको डढेलो फैलिदै जानथाले पछि वस्तीसम्म पुग्न सक्ने खतरा रहेको भन्दै स्थानीयवासीन्दा चिन्तित भएका छन् ।

जिल्लाको सुगरखाल, निगाली, मोहन्याल, सहजपुर गाविस स्थित चुरे बन क्षेत्र डढेलोको चपेटामा परेको र सुख्खा मौषम तथा हावाहुरी चल्ने गरेकाले डढेलो नियन्त्रणमा आउन नसकेको वन कार्यालयले जनाएको छ ।

कैलालीका जिल्ला बन अधिकृत डा।सिन्धुप्रशाद ढुङ्गानाले डढेलोका कारण हालसम्म पाच हजार हेक्टर वन क्षेत्रमा प्राकृतिक सम्पदामा क्षती पुगेको बताउनु भयो ।

बनमा गएर मह काट्ने, जगली जनावरको सिकार गर्नेले पनि बनमा आगो लगाउने तथा जथाभावी चुरोट, बिडीका ठुटाबाट पनि बन क्षेत्रमा आगो लाग्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।