संविधान कार्यान्वयन सुस्त

Posted on: May 01, 2016 | views: 177

११ बैशाख, काठमाडौं ।

नयाँ संविधान कार्यान्वयनमा सरकार सुस्त देखिएको छ ।
 
संविधान जारी भएको सात महिनामा सरकारले कानुन निर्माणका सवालमा देखाउनु पर्ने तदारुकता देखाउन नसक्दा संविधान कार्यान्वयन पक्ष चुनौतिपूर्ण बन्न पुगेको छ।
 
अबको पाँच महिनाभित्र गठन गरिसक्नु पर्ने उच्च अदालत गठनको तयारी नहुनु, प्रदेशको सिमाना विवाद मिलाउन बनाउनु पर्ने संघीय आयोग गठन नहुनु, प्रदेश राजधानी अझै तोकिन नसक्नुजस्ता कारणले संविधान कार्यान्वयनको अवस्ता जटिल बन्न पुग्दैछ।

नयाँ पत्रिका दैनिकमा समाचार छ।