पोखरा दिक्षान्त समारोहमा प्रधानमन्त्रीको विमानस्थलको भाषण

Posted on: April 30, 2016 | views: 181

८ बैशाख, पोखरा ।
प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपती खड्क प्रसाद केपी ओलीले दक्ष जनशक्ति राष्ट्र निर्माणका लागि अपरिहार्य भएको वताउनुभएको छ ।

पोखरा विश्वविद्यालयको तेह्रौं दिक्षान्त समारोहलाई आज कास्कीको लेखनाथ, ढुङ्गेपाटन खुदीमा सम्वोधन गदै प्रधानमन्त्रीत तथा विश्वविद्यालयका कुलपती ओलीले गुणस्तरीय प्रतिस्प्रधि र वैज्ञानिक शिक्षा आजको आवश्यकता भएको कुरा वताउनु भयो ।

नेपालको उच्च शिक्षा निति अनुरुप परीक्षा प्रणालीमा सुधार गुणस्तर निर्धारण सम्यन्त्र विकास अनुगमन र मुल्याङ्कन प्रणालिको सुदृढीकरण र अनुसन्धान मुलक कार्यहरुलाई समय सापेक्ष परिवर्तन गर्ने कार्यलाई अव जोड दिनु पर्ने कुरामा प्रधानमन्त्रीले प्रकाश पार्नु भयो ।

प्राकृतिक रुपले सुन्दर पोखराको विकासमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माणले सहयोग पुर्याउने वताउदै उहाँले भैरहवामा पनि छिट्टै अन्र्तराष्ट्रिय विमानस्थल वन्ने कुरा वताउनु भयो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रकवि माधव प्रसाद घिमिरेले पुर्वको उपलब्धी आध्यात्मीकता हो भने पश्चिमको उपलब्धी भौतिकता भएको वताउदै दुवैको सन्तुलीत विकासले मात्र मानव जातिको कल्याण गर्ने वताउनु भयो ।

सो अवसरमा पोखरा विश्वविद्यालयका सह कुलपति तथा शिक्षा मन्त्री श्री गिरीराजमणी पोख्रेलले शिक्षा क्षेत्रको विकासमा सवै पक्षको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपती प्रा चिरञ्जीवी प्रसाद शर्मा रजिष्टार डा. गोविन्द प्रशाद सर्मा लगाएतले विश्वविद्यालयले उपलब्ध गराएका शैक्षिक कार्यक्रमको वारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा स्नातक तहमा सवैभन्दा उच्च अंक साथ उतिर्णहुने व्यवस्थापन संकायका अनमोल पाण्डे लाई उपकुलपती पदक, स्नातकोत्तर तह व्यवस्थापन संकायमा सर्वाधिक अंक प्राप्त गर्ने अरुणीमा श्र्रेष्ठलाई कुलपती ओलीले कुलपती पदक प्रदान गर्नु भयो ।

आज विश्वविद्यालयको तेह्रो दिक्षान्त समारोहमा कुल ४४६४ जना दिक्षित भए भने कुल २४१६९ जना ले विभिन्न संकाय तथा कार्यक्रमहरुबाट उतिर्ण भई दिक्षित भएका छन ।