सत्ता बचाउने यस्तो छ ओलीको  ‘रोचक’ योजना

Posted on: May 01, 2016 | views: 245

काठमाडौं,बैशाख ८  । सरकारको निरन्तरतामाथि प्रश्न उठ्न थालेपछि प्रभानमन्त्री केपी ओली गठबन्धन टुट्न नदिन सचेत हुनुभएको छ । सरकार ढाल्न गठबनधनमा वैधानिक अवस्था रहेकाले उहाँ गठबन्धनलाई बलियो बनाउनेतर्फ विशेष रुपले केन्द्रीत हुनुभएको छ । छिमेकी मित्रराष्ट्र भारतको विरोधलाई नेपाली राष्ट्रवादको मुख्य आधार बनाउँदै आउनुभएको ओलीले आफू नेतृत्वको सरकार बचाउन पनि ‘भारत विरोध’ लाई नै आधार बनाउन खोज्नुभएको छ । त्यस निम्ति गठबन्धनलाई कसिलो बनाउँदै जान उहाँले ‘राष्ट्रवाद’को सहारा लिन थाल्नुभएको छ । 
प्रचण्ड, गच्छदार र कमल थापाहरु कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने भन्ने चर्चा व्यापक हुन थालेपछि प्रधानमन्त्री ओलीले गत साता मन्त्रिमण्डलको बैठकमै झोक्किएर ‘यदि सरकार छाड्ने हो भने छोडौं, मलाई प्रधानमन्त्री पदमा झुन्डिरहनुपरेको छैन, म पनि छोड्छु, राष्ट्रमाथि आइलागेको संकटबाट भाग्नुहुँदैन भन्ने सोचले मात्र म प्रेरित भएको हुँ, छोड्ने नै हो भने हामी सबै मिलेर छाडौं’ भनेपछि कमल थापा र गच्छदारले कुनै हालतमा सरकार नछोड्ने भनी प्रतिबद्वता जाहेर गरेको बुझिएको छ । आजको घटना र विचार साप्ताहकिमा खबर छ ।