यस्तो पनि नागरिकता ! कञ्चनपुर प्रशासनको चरम लापरवाही

Posted on: May 02, 2016 | views: 1140

पप्पु गुरुङ्, ७, बैशाख / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासनले प्रतिलिपी नागरिकता दिदा पुरुषलाई महिला बनाईदिए पछि दोधारा चाँदनीका एक किशोरले पाउनु दु:ख पाएका छन् । साबिकको दोधारा गाबिस वडा नं. ४ तथा हालको दोधारा चाँदनी नगरपालिका वडा नं. ७, बोक्टी टोल निवासी यम बहादुर बोक्टी आफ्नो पुरानो भएर च्यात्तीएको नागरिकताको प्रतिलिपी बनाउन दोधारा चाँदनी नगरपालिका कार्यालयबाट सिफारिस बोकेर चैत्र २१ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पुगे । उनलाई त्यही दिन बैदेशिक रोजगारको निम्ती काठमाण्डौंको एक म्यानपावर कम्पनीमा जानु थियो । उनि बैदेशिक रोजगारको निम्ती हतार हतार गर्दै थिए । उनलाई के थाहा उनको नागरिकतामा लिङ्गमा पुरुष हुनु पर्नेमा महिला भएको रहेछ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर नागरिकताको दास्रो प्रतिलिपी बनाई दिएपछि, बस छुट्ने हतारोले काठमाण्डौंको बसमा चढी हाले । अर्को दिन म्यानपावर कम्पनीको कार्यालयमा पुगेर नागरिकता देखाउदा पो उनि झसंङ्ग भए । यम बहादुर बोक्टी भन्ने मान्छे त, पुरुष नभएर महिला पो नागरिकतामा लेखिएको रहेछ् । “ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सानो लापरवाहीले मेरो रु. २० हजार खर्चेर फेरि दोधारा चाँदनी आउनु पर्‍यो”  यम बहादुर बोक्टीले भने । “साह्ै दु:ख  पो पाईयो” उनले थपे ।