फुच्चे डन ! पाँच बर्षका बालक जसको विश्वभर चर्चा छ (भिडियो सहित)

Posted on: May 02, 2016 | views: 570

६ बैशाख, एजेन्सी ।
यतिबेला विश्वभर कसैको चर्चा छ भने ति हुन एक सामान्य चिनियाँ बालकको । विश्वभर समाचार बनेका यि चिनिया बालक आफ्नो हजुरआमाको बचाउ गरेकै कारण चर्चामा आएका छन् ।

हेर्दा सामान्य लागेपनि बालकले आफ्नी हजुरआमाको पसल नहटाउन भन्दै स्टिलको पाइप बोकेर नगर प्रहरीलाई हप्काएको भिडियो सारै रोचक र मार्मीक छ ।

सामाजिक सञ्जाल वेबो हुँदै विश्वभर फैलिएको यो भिडियो अहिले विश्वमा सबैभन्दा बढी हेरिने भिडियो बन्न पुगेको छ ।

पिपल्स डेली चाइनका अनुसार सडक किनारमा पसल गर्दै आएकी ति बालकका हजुरआमाको पसल नगर प्रहरीले हटाइदियो ।

सामान हटाउँदै उनको हजुरआमालाई नगर प्रहरीले धपाउन खोजेपछि बालक बिरोधमा उत्रिए र प्रहरीमाथि जाइलागे ।

सुरुमा केही हप्काउँदै बिरोध गर्न थालेका बालक पछि खुट्टा उचाल्दै गाली गर्दै आफ्नो हजुर आमालाई नछुन र पसल किन बिगारीदिइस् भन्दै हप्काउन थाले ।

पछि फेरी एक नगर प्रहरीले उनलाई समाएर बसाल्न त बसाले तर उनि उठे र स्टीलको पाइप बोकेर ताक्दै नगर प्रहरीलाई ताक्दै फ्याँके ।

'पर जा, मेरो हजुरआमालाई नछो' भन्दै गाली गरेका बालकले देखाएको बहादुरीको विश्वभर चर्चा भइरहेको छ ।

हेर्दा सानो, मोटो देखिने बालक निकै फुर्तीला देखिन्छन् । तर चिनियाँ अधिकारीहरुले उनलाई के भने र हजुर आमालाई के भनेका थिए भिडियोमा प्रश्न बुझ्न सकिन्न ।