पुग्ला त ओलीको बोली ! विमानस्थल शिलान्यासको इट्टा एक दिनमै गायव

Posted on: May 01, 2016 | views: 372

काठमाडौं,बैशाख ५ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन शिलन्यास गरेका पोखरामा क्षेत्रीय  अन्तराष्ट्रिय विमानस्थलको इट्टा १ दिनमै गायव भएको छ । प्रधानमन्त्रीले पुजा पाठ सहित  शिलन्यास गरेको इट्टा एकदिनमै  बालबालिकाले झिकेर खेल्न लगेका छन् । 

शिलन्यास गरेको स्थानबाट वालवालिकाहरुले इट्टा झिकेर लैजाँदै गरेका दृष्य सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भएका छन् । कार्यक्रममा प्रचण्डसहित प्रमुख नेपाली नेताहरु र प्रमुख ब्यक्तिहरुको सहभागिता रहेको थियो ।