‘संविधान बनेपछि सुरक्षा चुनौती बढ्यो’ - गृहमन्त्री

Posted on: April 30, 2016 | views: 171

काठमाडौं,बैशाख ३ । गृहमन्त्री शक्ति बहादुर बस्नेतले संविधान बनेपछि देशमा सुरक्षा चुनौती थपिएको बताएका छन् । शुक्रबार भृकुटीमण्डपस्थित पुलिस क्लवमा उपत्यका विशेष सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले  (अहिले देशमा संविधान कार्यान्वयन गराउने र नगराउनेबीच ध्रुवीकरण भएकाले सुरक्षा चुनौती थपिएको बताएका हुन् । चार महिनाभन्दा लामो समय मधेस केन्द्रित अन्दोलनपछि मधेसी मोर्चासहितका राजनीतिक दलहरुले राजधानी केन्द्रित अन्दोलनको तयारी गरिरहेका बेला मन्त्री बस्नेतले सुरक्षा संगठनको आन्तरिक जीवन पनि सुदृढीकरण गर्नुपर्ने बताए ।

‘त्यस्तै इन्धनको आपूर्ति सहज गराउने तर्फ ध्यान दिन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।  गृहमन्त्री बस्नेतले नाकाबन्दी हटेको दुई महिना नाघिसक्दा पनि आपूर्ति कम भएको वहानामा कालाबजारी भइरहेको भन्दै खरोरुपमा उत्रिन मातहतका निकायलाई निर्देशन दिएका हुन् । बस्नेतले जनताले ग्यास र तेलको लाइनमा बस्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने  बताउदै कालोबजारी नियन्त्रणपनि ध्यान केन्द्रित गराएका हुन् ।