'इतिहासकै असफल सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन,आफै ढल्छ'- कोइराला

Posted on: May 03, 2016 | views: 191

चितवन,बैशाख ३ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काँग्रेसलाई सरकारमा जान हतार नभएको बताउनु भएको छ । कांग्रेस क्षेत्र नं ४ चितवनले आज फूलबारीमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा बोल्दै कांग्रेसले जिम्मेवार रुपमा  प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै बर्तमान सरकार इतिहासकै असफल भएकोले आफै ढल्ने बताए । 

मधेसमा देखिएको समस्या समाधान नहुँदै सरकारमा जाँदा काँग्रेसलाई दीर्घकालीन असर पर्ने बताउँदै उनले काँग्रेसको अगुवाइमा तराईका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले मुलुक अब गणतन्त्र, संघीयता र धर्मनिरपेक्षबाट पछाडि र्फकन नसक्ने प्रष्ट पारे । उनले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापाले भारतीय परराष्ट्रमन्त्रीलाई ४ बूँदे ज्ञापनपत्र दिँदा मूलूकको राष्ट्रियता र सार्वभौमिकतामा त्यतिबेलै आँच पुगिसकेको आरोप लगाए ।