हैदरावाद हाउसमा स्वीच थिच्दा नेपाललाई ८० मेगावाट बिजुली उपहार

Posted on: April 30, 2016 | views: 215

काठमाडौं,फागुन ८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच हैदरावादा हाउसमा करिब ४५ मिनेट भेटवार्ता भएको छ । भेटवार्ता पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  नेपाललाई ८० मेगावाट थप बिजुली दिएको छ ।  यो बिजुली आउने मुज्जफरबाद ढल्केबर प्रसारण लाइनको ओली र मोदीले स्वीच अन गरेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

नेपाल र भारतबीच द्धिदेशीय सम्वन्ध सुदृढ गर्दै आपसी सहयोगका विषयमा थप साझेदार गर्ने सहमति भएको छ । दुवै मुलुक आतंकवाद र सीमापार अपराध विरुद्ध एक हुने पनि सहमति लगायत ७ बुँदे सम्झौता भएको छ ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा संयुक्त पत्रकार सम्मेलनमा धारणा राख्नेक्रममा द्धिदेशीय सम्वन्धलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्यता व्यक्त गरेका छन् ।
यसैबीच पत्रकार सम्मेलनम भारतीय प्रधानमन्त्री मोदीले नेपालमाथिको नाकाबन्दीवारे केही उल्लेख गर्नुभएन् । मोदीले नेपाल(भारत असल सम्बन्धका थुप्रै प्रशंग जोड्दै नेपालप्रति भारत सधै सकारात्मक, सहयोगी र विकास साझेदार रहेको बताए।