टोकियो केन्द्रविन्दु भएर भूकम्पको झड्का

Posted on: May 03, 2016 | views: 224

२ बैशाख, टोकियो ।
जापानको राजधानी टोकियो केन्द्रविन्दु भएर बिहिबार साँझ भूकम्प गएको छ ।

जापानको मेट्रोलोजिगल एजेन्सीका अनुसार बिहिबार साँझ ८ बजेर ५८ मिनेटमा टोकियो केन्द्रबिन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

राजधानी टोकियो नजि जोकियो तो निजुसान कु केन्द्रभएर गएको भूकम्पको झड्का टोकियो, कानागावा, इबाराकी, साइतामा, चिवा लगायतका क्षेत्रमा महशुस गरिएको छ ।

भूकम्पका कारण कुनै क्षति नभएको र सुनामीको कुनै खतरा नरहेको जारी सुचनामा उल्लेख छ ।

भूकम्पका कारण राजधानी टोकियोमा सञ्चालित रेल सेवा भने केही मिनेटका लागि रोकिएर पुन यथावत सञ्चालनमा आएको छ ।