महानगरीय प्रहरी परिसर काठमाडौंका चार प्रहरी अधिकृत कारबाहीमा

Posted on: May 02, 2016 | views: 264

काठमाडौं,फागुन ८ ।   आर्थिक अनियमिततामा सम्लग्न भएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका चार प्रहरी अधिकृत कारबाहीमा परेका छन ।  स्वयम्भु वृतका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक, गंगबुका प्रहरी नायव निरक्षिक र नागढुंगाका दुई जुनियर प्रहरी अधिकृतलाई आर्थिक रुपमा बदनाम भएपछि कारबाहीका लागि परिसर तानिएको छ ।

छड्के जाँचका क्रममा नागढुंगाका प्रहरीले सेवाग्राहीसँग आर्थिक लेनदेन गरेको तथा स्वयम्भुका मुद्दा शाखाका प्रहरीले पनि सोही प्रकृतिको आचरण देखाएकाले परिसर तानिएको हो राजधानी दैनिकमा समाचार छ । त्यसैगरी नयाँ बसर्पाकका  सई निर्मल ज्ञवाली भने १ लाख रुप्ेयाँ चोरी भएको आरोपमा परिसरमा तानिएका छन्। मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ परेकाको गोजीबाट पैसा चोरेको अभियोगमा उनलाई तानिएको हो।