कानुनी सीमामा रहन र नढाँट्न अख्तियारलाई सर्वोच्चको आदेश 

Posted on: May 03, 2016 | views: 161

काठमाडौं,बैशाख २ । आफ्नो अधिकार क्षेत्रको सीमाभित्र रही कानुनले निर्दिष्ट गरेको कार्यविधि पुर्याएर मात्र कार्य गर्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलार्इ परमादेशको आदेश दिएको छ ।
बरिष्ठ अधिकक्ता शम्भु थापाको ल फर्ममा छापा मारिएको विषयमा भएको आदेशको पूर्ण पाठ तयार गर्दै निवर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले अब आइन्दा आफ्नो अधिकार क्षेत्र ननाघ्न अख्तियारलाई परमादेशको आदेश दिएको हो ।

सर्वोच्च अदालतले स्पष्टसँग र निर्विवादरुपमा अख्तियारको दुरुपयोग गरेको प्रश्न देखिनेमा बाहेक अन्य निकायको क्षेत्राधिकारको प्रश्नमा हस्तक्षेप गर्ने कार्य नगर्न पनि अख्तियारलाई सचेत गराएको छ ।

बरिष्ठ अधिवक्ता थापाको फर्ममा २०७० साल भदौ २१ गते अख्तियारको निर्देशन बमोजिम छापा मारिएको उल्लेख गरी सर्वोच्चमा रिट निवेदन दायर भएको थियो । आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।