७ रेक्टरको नयाँ शक्तिशाली भूकम्पले पुरै नेपाल हल्लायो, कहाँ के भयो ?

Posted on: May 02, 2016 | views: 684

१ बैशाख, काठमाडौं ।
७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प भएको बर्षदिन पुग्नै लाग्दा नेपालको अधिकाशं भाग नयाँ बर्षको पहिलो दिननै त्यस्तै शक्तिशालि भूकम्पले हल्लाएको छ ।

तर नेपालको लागि खुशीको कुरा यसको केन्द्र भने नेपाल नभई म्यान्मार र भारतको सीमानजिक परेको छ । जुन भूकम्प ७ रेक्टर स्केलको शक्तिशालि रहेको थियो ।
आज साँझ गएको शक्तिशाली भूकम्पको धक्का म्यानमार, भारत, पाकिस्तान, भूटान लगायत देशमा महशुस गरिएको छ ।

भूकम्पको धक्का म्यानमार र भारतीय सिमामा साँझ ७ बजेर ४० मिनेटमा भएको भूकम्प हो ।

७ रक्टर स्केलको उक्त भूकम्पको धक्का नेपालमा पनि महसुश गरिएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

नेपालको पूर्वाञ्चल क्षेत्रमा भूकम्पको धक्का राजधानीको तुलनामा बढी महसुश गरिएको थियो ।
धक्का महसुश भएपछि विराटनगरमा मानिसहरु घरबाट बाहिर निस्केका थिए ।

भूकम्पको झट्काबाट भएको क्षतिको जानकारी अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ ।