कञ्चपुरका प्रशासकीय अधिकृतले महिला र पुरुष नचिन्दाँ एक व्यक्तिको १० हजार सकियो 

Posted on: May 02, 2016 | views: 532

काठमाडौं,बैशाख १ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुर फाँटको प्रशासकीय अधिकृत शिब दत्त अवस्थीले हस्ताक्षर गरेको नागरिकतामा गम्भिर त्रुटि भेटिएको छ । उच्च ओहदामा बसेर प्रशासनको जिम्मेवारी सम्हालेका एक व्यक्तीले महिला र पुरुष छुट्याउन नसक्का एक अनपढ व्यक्तिको नागरिकताकै कारण  १० हजार सकिएको छ ।  वैदेशिक रोजगारीको शिलशिलाका आफ्नो नागरिकताको दोस्रो प्रतिलिपी बनाउन पुगेका दोधारा ४ का याम बहादुर बोगटीलाई लिङगको ठाँउमा महिला लेखिदिदाँ उहाँले अनावश्यक १० हजार रुपयाँ खर्च गर्नु परेको हो ।  

उहाँ रोजगारीको प्रक्रिया चाल्न लागि काठमाडौं पुगेपछी मात्र उहाँले आफ्नो नागरितामा त्रुटि भेट्नु भएको थियो । रोजगारको सपना बोक्दै हातमा पसपोर्ट र नागरिकता लिएर कञ्चनपुरवाट काठमाडौं गएको ४ दिन पछि पार्सपोर्ट पेश गर्दा नागरिकतामा त्यस्तो देखियो आफु त अनपढ केहि थाहा नै थिएन प्रशासनले नै यस्तो गल्ती गेरेपछि मेरो आउन जान र बसाईको १० हजार खेरै गयो उहाँले टप नेपाल न्युजसँग भन्नु भयो ।