महादेव माविमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन

Posted on: January 18, 2021 | views: 81


महादेवफाँट । बेलकोटगढी नगरपालिका वडा नं.७ महादेव फाँटमा रहेको महादेव माध्यामिक विद्यालयमा व्यावस्थापन समितिको चार सदस्य पदमा निर्वाचन मार्फत टुट्टाइएको छ । 

आइतबार विद्यालयमा भएको निर्वाचनमा हरिबहादुर तामाङ, भाइराम नेपाल, सावित्री घिमिरे र कृष्णबहादुर दमाई निर्वाचित भएका छन् । 

मत दिन योग्य रहेको ३३५ अभिभावकमध्ये प्राप्त ३०१ मतको परिणाम अनुसार खुला तर्फ हरिबहादुर तामाङले १६५ मत, भाइराम नेपालले १७९ मत, सावित्री घिमिरेले १५८ मत र कृष्णबहादुर दमाईले १५६ मत प्राप्त गरेको विद्यालयका प्रधानध्यापक उपेन्द्र महत्तोले जानकारी दिनुभयो । 


उहाँको अनुसार खुलातर्फका पाँच जना उम्मेदवारमध्ये हरिबहादुर तामाङ र भाइराम नेपाल निर्वाचित भएका हुन् । यस्तै, महिलातर्फ सावित्री घिमिरे र दलिततर्फबाट कृष्णबहादुर दमाई विजयी भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको सदस्यको लागि निर्वाचित चारजना सदस्यको पहिलो बैठकले थप दुई जना मनोनित गरेर सर्वसम्मत प्रयास भए समितिले नै अध्यक्ष चयन गर्र्ने अथवा नगर शिक्षा समितिबाटै अध्यक्ष चयन गर्न सिफारिस गर्ने नगर शिक्षा ऐनमा व्यावस्था रहेको छ । यसअघि गरिएको सर्वसम्मतको प्रयास असफल भएसगैँ चार सदस्य नयाँ नेतृत्व चयनको लागी उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । 

यसअघि लालप्रसाद नेपालका अध्यक्षतामा रहेको विद्यालय व्यावस्थापन समितिको समयसीमा यही पुस २६ गते देखि पूरा भएसगै नयाँ नेतृत्वको लागी गरिएको सर्वसम्मतको प्रयास असफल भएसगैँ चुनाव गरिएको हो । 

नमूना विद्यालयको रुपमा छनोट, जिल्लाकै सर्वोकृष्ट विद्यार्थी उत्पादन, विद्यालयमा बस सेवा सञ्चालन सहित पूर्वाधार र श्रोतसाधनमा सम्पन्न रहदै आएको विद्यालयको नेतृत्व लिनको लागी धेरैले चासो देखाएसगैँ निर्वाचन मार्फत चयन गरिउको हो ।

क्षमतावान विद्यार्थी उत्पादन गर्दै आएसगैँ महादेव माविको नयाँ नेतृत्वको लागी प्रतिस्पर्धीहरुको आकांक्षा बढी देखिएको हो ।

दुई समूहबीच चुनावी प्रतिस्पर्धा भएपनि विद्यालय सुधारको लागी भने सदैव हातेमालो गरेर अघि बढ्न आफूहरु तयार रहेको निर्वाचनको प्रतिस्पर्धामा उत्रिएकाहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।  

महादेव माविको केही समयअघिको दृष्य । 


नामूना महादेव माविमा नवनिर्मित नयाँ भवन यस्तो रहेको छ ।