पूर्व विद्यार्थीको आयोजनामा दुप्चेश्वर माविमा विभिन्न कार्यक्रम

Posted on: January 19, 2019 | views: 170

रामती । दुप्चेश्वर गाँउपालिका वडा नं. ६ स्थित दुप्चेश्वर माध्यामिक विद्यालयमा पूर्व विद्यार्थीहरुको आयोजनामा शुक्रबार विभिन्न कार्यक्रम सम्पन्न भएको छ । विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीको आयोजनामा विद्यालयमा हाल अध्ययनरत विद्यार्थीबीच नृत्यु, हाजिरिजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न रचनात्मक प्रतियोगिताको व्यवस्थापना मिलाउनुभएका पूर्व विद्यार्थी सरिता पण्डितको अनुसार नृत्यमा सुस्मिता तामाङ पहिलो हुुनुभयो ।
यसैगरी, हाजिर जवाफ प्रतियोगितामा ग्रिन हाउस समूहबाट नेतृत्व गरेको कुमार तामाङको समूह पहिलो, रेड हाउस समूहबाट प्रतिनिधित्व गरेको रेन्जेन तामाङको समूह दोश्रो भयो । ब्लू हाउसको तर्फबाट प्रतिनिधित्व गरेको मनिष पण्डितको समूह तेश्रो भएको थियो भने यल्लो हाउसको तर्फतबाट प्रतिनिधित्व गरेको प्रदिप पण्डितको समूहले सान्त्वना स्थान हासिल गरेको थियो ।



यसैगरी
, वक्तिृत्वकला प्रतियोगितामा मनिष पण्डित पहिलो, कुमार तामाङ दोश्रो, प्रदिप पण्डित तेश्रो र श्रद्धा आचार्यले सान्त्वना स्थान हासिल गर्नुभयो ।
उत्कृष्ट भएका विद्यार्थीलाई पूर्व विद्याथी मञ्च (समाज)को तर्फबाट कार्यक्रमको आयोजना गर्नुभएका सरिता पण्डित, विद्यालयका प्रअ रामप्रसाद अधिकारी, विव्यस सदस्य टंकप्रसाद महत, वडा नं. ६ का वडासदस्य कृष्ण गजमेर लगायतले स्टेशनरी सामाग्रि पुरस्कार प्रदान गर्नुभयो ।


कार्यक्रममा
पूर्व विद्यार्थी पण्डितले दुप्चेश्वर माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुबीच साझा मञ्चको स्थापनाको तयारी रहेको र त्यस बाट विद्यालय तथा स्थानीय क्षेत्रको शिक्षाको विकासमा लागिपर्ने बताउनुभयो । उहाँले हाल भिन्न भिन्न स्थानमा रहेका पूर्व विद्यार्थीको तर्फबाट आफूहरुले अध्ययन गरेको विद्यालयको शैक्षिक गुणस्तर बृद्धि तथा सहयकोगका कार्यक्रम सञ्चालन सुरु गरेकाले आगामी दिनमा निरन्तरता दिदै अघि बढ्ने बताउनुभयो ।




कार्यक्रममा विद्यालयका प्रअ अधिकारीले पूर्व विद्यार्थीहरुको पहलमा भएको रचनात्मक क्रियाकलापले विद्यार्थीको क्षमता अभिबृद्धि, पूर्व विद्यार्थीमा विद्यालय प्रतिको माया तथा समग्र शिक्षाको विकासको लागी सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा पूर्व विद्यार्थीहरु, विद्यालय परिवार, अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो ।