नुवाकोटमा देउवा पक्ष बलिया,महाधिवेशन प्रतिनिधि छनोट को-को विजयी (नामावली सहित)

Posted on: May 02, 2016 | views: 323

काठमाडौं,माघ २३ ।  नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा नुवाकोटका तीन निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रीय सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले विजय हासिल गरेको छ।
कांग्रेसका चर्चित नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत र प्रकाशशरण महतको गृहजिल्लाका ३ क्षेत्रमध्ये केसीको निर्वाचन क्षेत्र–१ बाट र सांसद बहादुरसिंह लामा तामाङको निर्वाचन क्षेत्र नम्बर–३ बाट देउवा पक्षका क्रमशः अर्जुन न्यौपाने र जगतबहादुर तामाङ सभापतिमा निर्वाचित भएका छन्।
 
क्षेत्र नम्बर–२ को सभापतिमा भने सभापति सुशील कोइराला पक्षका ध्रुव श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी महाधिवेशन प्रतिनिधिमा पनि रामशरण महत, अर्जुननरसिंह केसी र प्रकाशशरण महतबीच अलग अलग प्यानलमा भएको निर्वाचनमा क्षेत्र नम्बर १ बाट ७ जना, २ बाट ३ र क्षेत्र नम्बर ३ बाट ११ जना गरी २१ महाधिवेशन प्रतिनिधि आफ्ना पक्षका रहेको दाबी देउवा पक्षले गरेको छ।
 
क्षेत्र नम्बर २ को सभापतिसहित ८ जना रामशरण महत पक्ष महाधिवेशन प्रतिनिधि चुनिएको स्रोतको दाबी छ। यसअघिको महाधिवेशनमा नुवाकोटबाट कोइराला पक्षका महत र केसीको समर्थनमा अधिकांश महाधिवेशन प्रतिनिधि आउने गरेको थियो तर यसपटक त्यो परिणाममा बदलाव ल्याउन सक्नु आफूहरुका लागि ठूलो उपलब्धी भएको प्रकाशशरण महतले बताए।
 
नुवाकोट : क्षेत्र नम्बर–१
 
सभापति–अजुन न्यौपाने
कृष्णबहादुर लामा
बद्री मुडबरी
रामकृष्ण थापा
सरिता आचार्य
मन्जु केसी
एक के नेपाल
रामबहादुर डंगोल
जगदिश्वरनरसिंह केसी
सिता मिझार
कविराज गुरुङ
प्रताप लामा
 
क्षेत्र नम्बर-२
 
सभापति–ध्रुव श्रेष्ठ
रमेश महत
केदारनरसिंह केसी
सन्तमान तामाङ
अच्यूत गुारागाइँ
डिल्लीप्रसाद ढकाल
शिव अधिकारी
विना महत
इश्वरी उपे्रती
कल्पना नेपाली
वीरबहादुर तामाङ
कृष्ण मिश्र
 
क्षेत्र नम्बर ३
सभापति–जगतबहादुर तामाङ
बहादुरसिंह लामा तामाङ
फैसिह तामाङ
ध्रुव अधिकारी
चोपराज शाक्य
हरिकृष्ण श्रेष्ठ
भरतबहादुर खड्का
लालिमाया तामाङ
यासिवा रहमान
श्रीराम श्रेष्ठ
दिलबहादुर विश्वकर्मा
साभार सेतोपाटी