निर्मला हत्याकाण्डबाट तानिएका एसपी विष्ट निलम्बित

Posted on: August 25, 2018 | views: 379

काठमाडौं । निर्मला पन्त बलात्कार हत्या प्रकरणमा गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख ९एसपी० डिल्लीराज बिष्टलाई निलम्बन गर्न निर्देशन दिएको छ । गृहमन्त्री, गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसहितको बैठकले कञ्चनपुर घटनाको छानबिन नसकिएसम्म एसपी विष्टलाई निलम्बन गर्न नेपाल प्रहरीलाई पत्र पठाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन। स्थानीयले एसपी विष्टका छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपनि विष्टले सुनवाई नगरेको आरोप लगाएका थिए । आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ ।