सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो

Posted on: December 17, 2017 | views: 222

काठमाडौं ।

गत सातादेखी निरन्तर ओरालो लागेको नेपाली सेयर बजार साताको पहिलो दिन आइतवार पनि दोहोरो अंकले घटेको छ ।

बजारको गिरावट नथामिए पनि साताको पहिलो दिनको कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।


आइतबार बजार खुले देखी नै ओरालो लागेको नेप्से बजार बन्द हुने समयसम्म आइपुग्दा ११.०१ अंकले घटेर १५०९.१४ अंकमा आईपुगेको छ ।

कारोबारमा रहेका ७ समूहको सूचक घटेपछि समग्र बजार ओरालो लागेको हो ।


आइतवार विभिन्न १५८ कम्पनीका ११ लाख ६ हजार ३९ कित्ता सेयरहरु ५१ करोड १२ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन ।

परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो बिहिबारको  तुलनामा ६ करोडले बढेको छ । गत विहीबार नेप्सेमा ४५ करोड ३१ लाख रुपैयाँ बराबबरको कारोबार भएको थियो ।

आइतवार होटल,उत्पादन र अन्य समूहका बाहेक सबै समूहका सूचक घटेका छन् ।


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषकहरुले आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर राम्रो आम्दानी लिन थालेका छन् ।

कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका त्यहाँका ८५ कृषकले आलुको 'खास बीउ' बीउ उत्पादन गर्दै आएका हुन् ।

यसरी उत्पादन गरिएको बीउ मात्रै बिक्री गरी प्रतिकिसानले बषैर्नी तीन लाखदेखि  पाँच लाखसम्म वार्षिक आम्दानी गर्दै  आएका छन् ।


आलुको दानाबाट लाग्ने रोगले उत्पादनमा क्रमिक रूपमा ह्रास ल्याउने भएकाले बियाँबाट तयार पारिएको आलुको बीउमा उम्रने शक्ति बढी हुने, आलुमा लाग्ने रोग नगन्य मात्रामा हुने भएकाले त्यहाँ उत्पादन भएको पहिलो पुस्ताको आलुको बीउ कृषक माझ निकै लोकप्रिय भएको हो  ।


कूल २० हेक्टर क्षेत्रफलमा त्यहाँका कृषकले आलुको बीउ उत्पादन गर्दै आएको कृषि सेवा केन्द्र झलारीका प्राविधिक वीरबहादुर कुँवरले बताउनुभयो ।


त्यहाँ उत्पादित आलुको बीउ कञ्चनपुरका भीमदत्तनगरपालिका, झलारी, देखतभूली, दैजी, कैलाली, दार्चुला र डोटीसम्म आपूर्ति हुने गरेको छ ।