कांग्रेस युवा नेता प्रदीप पौडेलको घरमा बम विष्फोट

Posted on: December 02, 2017 | views: 252

१६ मंसिर, तनहु । कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ ।

तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट भएको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क)का उम्मेदवार समेत हुन् । आँगनमा बम विष्फोट भएको र घरका सबै सदस्य सकुशल रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । घरमा भने सामान्य क्षति भएको छ ।

बम विष्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले विष्फोट गराउनेको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

गएराति प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास नजिक र ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा पनि बम विष्फोट भएको थियो ।