प्रकाश पत्नी सिर्जना प्रचण्ड निवासमा, अब सँगै बस्ने निर्णय

Posted on: November 20, 2017 | views: 981

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवार यतिबेला एकमात्र छोरा प्रकाश दाहालको असामयीक निधनले शोकमा छ । शोकमा डुबेको परिवारका शुभचिन्तकहरुको चाहाना बमोजिम प्रचण्डले प्रकाशदाहालकी जेठी पत्नी सिर्जना दाहाललाई समेत अब लाजिम्पाटमै राख्ने निर्णय लिएका छन् ।


४ बर्षअघि देखि प्रकाशले दोस्रो बिहे गरेका कारण र्सिजना माईतमा नै बस्दै आएकी थिइन् । तर प्रचण्ड र उनकी पत्नी सिता दाहाललाई मन बुझाउने आधार बनाउन र्सिजनापनि छोरा सहित प्रचण्ड निवासमै बस्ने भएकी छन् । प्रकाश दाहालको निधनपछि नर्भिक पुगेकी सिर्जना उनको पार्थिव शरीर देखेर बेहोस भएकी थिइन । नर्भिकमै उपचारपछि उनको होस खुल्यो र उनी अन्त्येष्टीमा सहभागी हुन पशुपति आर्यघाट पुगिन । त्यतिबेलासम्म प्रचण्डले सिर्जनालाई लाजिम्पाट लाने व्यवस्था गरिसकेका थिए । प्रकाश र सिर्जनाको ०६४ माघ ३ गते बिहे भएको थियो ।


उनीहरुका एक छोरासमेत छन्, प्रसिद्ध । तर, पछि प्रकाशले बिनासँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् । तर, उनीहरुको सम्बन्धबिच्छेद भने भएको छैन । अब प्रचण्ड परिवार २ नातीको मुख हेरेर प्रकाश दाहाललाई भुल्ने प्रयास गर्नेछन । यसका लागि अब दुई बुहारी बिना मगर र र्सिजना त्रिपाठीसहित दुई नाती प्रचण्डसँगै बस्ने भएका छन् ।