सुरक्षा चुनौती थपियो प्रमुख निर्वाचन आयुक्त

Posted on: November 19, 2017 | views: 62

३ मंसिर, काठमाडौ । रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उम्मेदवारमाथिको आक्रमणले सुरक्षा चुनौती थपिएको बताउनु भएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल नियोकले चुनाव पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आयोजना गरेको कार्यक्रममा यादवले चुनाव नजिकै आउँदा देशका विभिन्न ठाउँमा उम्मेदवार लक्षित गरेर बम विष्फोट र आक्रमण हुनले सुरक्षा चुनौति बढेको बताउनु भएको हो ।

उहाँले सुरक्षा चुनौति थपिए पनि चुनावलाई असर नपर्ने दावी पनि गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त यादवले चुनावको पर्यवेक्षणमा खटिने पर्यवेक्षकलाई राजनीतिक दल र उम्मेदवारबाट टाढै रहेर संस्थाको बदनाम नहुने ढंगबाट पर्यवेक्षण गर्न सुझाव पनि दिनुभयो ।

शहरभन्दा हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गर्न सल्लाह दिँदै यादवले सूक्ष्म र गहन रुपमा पर्यवेक्षण गर्न तथा मतदातालाई मतदानको महत्वबारे सचेतना र जागृत तुल्याउने सन्देश प्रवाह गर्न आग्रह गर्नुभएको छ ।