प्रचण्ड पुत्र प्रकाश अचेत अबस्थामा भेट्टिए, अबस्था के हो बाहिर आएन

Posted on: November 19, 2017 | views: 407
३ मंसिर , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश बिरामी भएका छन् । काठमाडौको लाजिम्पाटस्थित आफ्नै निवासमा हिजो राती सुतेका दाहाल आज बिहान चार बजेतिर अचेत अबस्थमा भेट्टिएपछि उपचारको लागी थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । दाहाललाई हृदयघात भएको हुनसक्ने आशंका गरिए पनि अस्पतालले आधिकारिक रुपमा केही तथ्य बाहिर ल्याएको छैन । उनको अबस्था कस्तो रहेको र के भएको भन्न नचाहेपछि विभिन्न आशंंका पनि उब्जिएको छ । अस्पतालले भर्ना गरिएको मात्र भनेको छ । छोरा अस्पताल भर्ना भएपछि प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत काठमाडौं आउन लागेका छन् । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट फर्कंदै छन् । आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लागेका हुन् । प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा हुन् । उनी प्रचण्डको सचिवालयमा काम गर्दै आएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल साकारका दुई श्रीमती र दुई बालबच्चा छन् । उनको पहिले पहिलो श्रीमति प्रभा बोगटीलाई भने निकालिदिएर दुई श्रीमतिको साथमा रहेका छन् ।