विकटताका कारण पुबी रुकुम जिल्लामा चारवटा मतदान केन्द्र थप

Posted on: November 14, 2017 | views: 29

रुकुम ।

पुर्बी रुकुम जिल्लामा चार वटा मतदान केन्द्र थप भएका छन् । उक्त वडाहरुमा मतदाताहरु बढिएपछि मतदान केन्द्र थपिएको हो । 

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ कोल पर्वत मावि, भुमे गाउँपालिकाको वडा नं. २ काँक्रिमा रहेको त्रिवेणी मावि, वडा नं. १ लुकुममा रहेको सिद्धचौर मावि र महतको कोर्जामा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा मतदान केन्द्र थप गरिएको मुख्य निर्वाचनको कार्यालय रुकुमकोटले जनाएको छ ।

यस भन्दा अघि यहाँ ३८ वटा मतदान केन्द्र थिए । ३ वटा मतदान केन्द्र थप भएसगै पुर्बी रुकुममा अब ४१ वटा मतदान केन्द्र भएका छन । 


एक हजार ५० भन्दा बढि मतदाता भए मतदान केन्द्र थप गर्न सकिने व्यवस्था छ । उक्त वडाहरुमा दुई दुई वटा मतदान केन्द्र बनेका छन् ।

मतदान केन्द्र थप भएपछि मतदाताहरु खुशी भएका छन् । घण्टौं हिडेर अर्को मतदान केन्द्रमा जानु पर्ने वाध्यताको अन्त्य भएको उनीहरुको भनाई छ ।