साम्राज्यवादका किर्नाहरू मूर्दावाद !

Posted on: April 30, 2016 | views: 162

अाज पृथ्वी जयन्ती। नेपालकाे सबैभन्दा ज्यूँदाे इतिहास। पृथ्वीनारायण शाह र उनकाे नेपाल एकिकरणकाे इतिहासलार्इ साम्राज्यवादी लाेकतन्त्रले सबैभन्दा बढि निशाना किन बनायाे भन्ने कुराकाे गुढार्थ खुल्न अब बाँकि छैन। उनलार्इ खलपात्रका रूपमा प्रस्तुत गर्ने साम्राज्यवादका किर्नाहरूकाे अाैकात रञ्जीत रे का भान्सामा मुक्ति खाेज्ने भन्दा बढि केहि छैन भन्ने तथ्य पनि दुनियाँले देखि सकेकाे छ।

अमेरीकि स्वतन्त्रता संग्रामकाे बेलाका पृथ्वीनारायण र अाजकाे अन्तर छ। यस अनुसार उनका कतिपय धारणााहरूलार्इ समय र परिस्थिति सापेक्षा विकास गर्न पनि जरूरी छ तर नेपालकाे वर्तमान संदर्भमा उनी साम्राज्यवाद विराेधि अान्दाेलनका प्रेरणा, अादर्श र नवअाैपनिवेशिकता विराेधि अान्दाेलनका कसि हुन् भन्ने कुरा समयले हिंजाे भन्दा अाज अझ प्रष्ट पारेकाे छ।

रञ्जीत रे काे नास्ता खाएर पृथ्वीनारायण विरूद्ध डकार्ने र यूराे तथा डलरले जेब खर्चकाे जाेहाे गरेर इतिहासकाे विष्लेषण गर्ने पतितहरूकाे अग्रगमन मूर्दावाद ! नेपालकाे इतिहासलार्इ खण्डीत गर्ने साम्राज्यवादी याेजनामा अघि बढार्इएकाे कथित राज्य पुनर्संरचनाकाे जालसाजि मूर्दावाद ! पृथ्वीनारायणकाे निन्दा गरेर तस्करहरूकाे जालाेमा सत्ता चलाउने पाखण्डी दलालहरू मूर्दावाद ! इतिहासका एक चम्किला नायक पृथ्वीनारायणकाे जीवनले नेपाललार्इ साम्राज्यवादी चक्रव्युह ताेड्ने प्रेरणा देअाेस् !भरत दाहाल

-भरत दाहलका फेसबुकवाट