उत्तर कोरियाले आणविक बम हानेर अमेरिका ध्वस्त बनाएको भिडियो सार्वजनिक

Posted on: May 03, 2016 | views: 264

१५ चैत, प्योङयाङ ।
अमेरिकालाई चेतावनी र धम्की दिंदै आएको विश्वकै एकमात्र देश उत्तर कोरियाले आफुले आणविक बम हानेर ध्वस्त बनाइदिएको भिडियो सार्वजनिक गरेको छ ।

'लास्ट चान्स' नाम दिएर उत्तर कोरियाले सार्वजनिक गरेको भिडियोमा अमेरिकामाथि परमाणु हतियार सहितको रकेट आक्रमण गरेर ध्वस्त बनाइदिएको भिडियो सार्वजनिक गरेको छ ।

उत्तर कोरियाले आफ्नो नयाँ भिडियोमा भनेको छ-'अमेरिका आफ्नो ठाउँबाट एक कदममात्र अगाडि बढ्यो भने उसमाथि परमाणु हतियारबाट आक्रमण गरिने छ।'

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चार मिनेट लामो सो भिडियोमा अमेरिकाको राजधानी वाशिंटन डिसीलाई परमाणु आक्रमणबाट ध्वस्त बनाएको देखाइएको छ ।

उत्तर कोरियाले बनाएको भिडियोमा सुरुवात अमेरिका र दक्षिण कोरियाको सम्बन्धको इतिहासबाट सुरु भएको छ ।

'यदि अमेरिका एक इन्चमात्र पनि हाम्रोतर्फ अगाडि बढ्यो भने तत्काल 'न्युक्लियर अट्याकु गर्छौं।' भन्दै अन्तिममा चेतावनी दिइएको भिडियोमा उत्तर कोरियाले यसअघि पनि दक्षिण कोरिया र अमेरिका विरुद्ध परमाणु आक्रमण गर्ने धम्की दिइसकेको छ ।

उत्तर कोरियाले गत जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरिसकेको छ भने अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास नरोकी आफुलाई उक्साउने काम गरे आक्रमण गर्ने भन्दै आफ्ना सेनालाई युद्धको तयारी अवस्थामा रहन निर्देशन दिंदै आएको छ ।