कांग्रेसको संसदीय दलको चुनाव यही चैत २४ गते

Posted on: May 02, 2016 | views: 166

काठमाडौं,चैत १४ । नेपाली कांग्रेसको संसदीय दलको चुनाव यही चैत २४ गते हुने भएको छ । पार्टी संसदीय दलको नेताको निर्वाचनका लागि केन्द्रीय समितिले गठन गरेको निर्वाचन समितिको आज दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेताको मनोनयन दर्ता गर्ने समय २३ गते तोकिएको छ ।

संसदीय दलका नेतासमेत रहनुभएका सभापति सुशील कोइरालोको निधन भएपछि दुवै पद खाली भएको थियो । १३ औं महाधिवेशनबाट सभापातिमा शेरबहादुर देउवा चिर्वाचित भएसँगै  संसदीय दलको नेता छान्ने प्रक्रिया अघि बढेको हो । केन्द्रीय कार्यसमितिको पहिलो बैठकले दलको चुनाव गराउन रमेश रिजालको संयोजकत्वमा सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे रहेको समिति गठन गरेको थियो ।

सभापतिमा जस्तै दलको नेतामा पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दलको कांग्रेसको संसदीय दलको नेता नहुँदा संवैधानिक परिषदको बैठकसमेत प्रभावित हुँदै आएको छ । संसदीय दल कार्यसमितिको निर्वाचन भने चैत २६ गते हुनेछ । यसको लागि मनोनयन दर्ता गर्ने मिति २५ गतेलाई तोकिए पनि समय भने सोमबारकै बैठकले निर्धारण गर्ने समितिले जनाएको छ ।
 निर्वाचन कार्यक्रम संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ ।