भूकम्प पीडितले कहिले पाउलान् राहत ? सांसद पनि अन्योलमा

Posted on: May 03, 2016 | views: 167

१४ चैत,काठमाडौं ।
सांसद कमला पन्तले पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई भन्दा सुरक्षा संयन्त्रलाई सुम्पिदा उपयुक्त हुने बताउनुभएको छ । भूकम्पपीडित जिल्ला गोरखाकी सांसद पन्तले भूकम्पमा सुरक्षाकर्मीको भूमिका अत्यन्तै सराहनीय भएकाले आफुले पुनर्निर्माण प्राधिकरण गठन हुनुअगावै उक्त प्रस्ताव गरेको तर सरकारले प्राधिकरण गठनलाई प्राथमिकता दिउकाले काममा ढिलाइ भएको दाबीसमेत गर्नुभयो । राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य पन्तले अझै पनि प्राधिकरणकै भरपर्दा ढिलाइ हुने भएकाले सुरक्षा संयन्त्र भरपर्दो र छिटो हुने आफ्नो धारणा जारी रहेको बताउनुभयो ।  

सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जालद्वारा आयोजित भूकम्प प्रभावित समुदायबाट आउका मुख्य सवालहरूसम्बन्धी सांसद तथा सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रमका अर्का वक्ता सांसद पशुपति चौलागाईले सुगम र दुर्गम दुवै ठाउँका भूकम्प पीडितलाई उस्तै उद्देश्यका लागि दिने भनिएको राहत न्यायपूर्ण हुन नसक्ने देखिन्छ त्यसैले यसमा प्राधिकरणले विचार पु-याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,–हाइवेको नजिकै रहेको स्थानमा एक बोरा सिमेन्टको लागत एक हजार लाग्दा दुर्गम गाउामा पु¥याउन आठ हजारसम्म लाग्छ अनि एउटै मापदण्डमा रकम वितरण गर्दा विकट गाउँकालाई सामाजिक न्याय हुने देखिन्न ।  सांसद राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य विष्णुबहादुर भण्डारीले आपूm पुनर्निर्माणका अतिरिक्त पीडितको स्याथी जीविकोपार्जनका लागि मार्गचित्र बनाउन उद्यत रहेको बताउनुभयो । कार्यक्रममा सांसदहरू रामकृष्ण घिमिरे, सकलदेव, दुलारी हरिजन, नगेन्द्र चौधरी लगायतले आपूmहरू विपद् व्यवस्थापन ऐनलाई अघि बढाउन तयार रहेको प्रतिबद्धता जनाउनुभएको थियो । आयोजक संस्थाका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले सांसदहरूलाई प्रतिबद्धता जाहेर गराउन बोलाएकोमा झन् गुनासा लिएर आउनु बिडम्बना भएको बताउनुभयो ।

कार्यक्रममा दातासंस्था अक्सफामका प्रविनमान सिंहले कार्यक्रमको सारांश प्रस्तुत गर्दै विपद् व्यवस्थापन ऐन, सुरक्षित पुनर्वास र पुनस्र्थापनाको कार्य तत्काल गर्नुपर्ने आवश्यकता देखिएकाले विधायक र सरोकारवालाहरू सक्रियतापूर्वक लागिपर्नु पर्ने औंल्याउनुभयो । कार्यक्रममा विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्नुभएका सोमप्रसाद भण्डारी, विष्णु खरेल, र रामचन्द्र न्यौपानेले भूकम्पपछिका समस्या एवं देखिएका चुनौतिको अनुभव र अवसरका रूपमा परिणत गर्न सकिने आधारहरू प्रस्तुत गर्नुभएको थियो । सञ्जालका सन्देश बस्नेतले सञ्जालका गतिविधिको जानकारी दिनुभयो । यशोधरा पोखरेलले स्वागत गरेको कार्यक्रममा मीना शाहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।