प्रधानमन्त्री नेतृत्वको जम्बो टोली स्वदेश फिर्ता

Posted on: April 30, 2016 | views: 166

१४ चैत, काठमाडौं  । 
प्रधानमन्त्री केपी शर्मा ओली चीनको ८ दिने औपचारिक भ्रमण सकेर आइतबार स्वदेश स्वदेश फर्किएका छन् । चैत ७ गते जम्बो टोलि लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री नेतृत्वको जम्बो टोली सवार  हिमालयन एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । प्रधानमन्त्रीसहितको टोली सिचुआन प्रान्तको छेन्दुबाट आइतबार काठमाडौं आई पुगेको हो ।  भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । बेइजिङमा बोआओ फोरममा सम्बोधन गरेपछि प्रधानमन्त्री ओली हैनान हुँदै सान्या, सियान र शनिबार छेन्दु पुग्नुभएको थियो ।  मण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, उद्योगी–व्यापारी र केही पत्रकार रहेका थिए ।