प्रधानमन्त्री  स्वदेश फर्कंदै, प्रधानसेनापति चीन जाँदै

Posted on: April 30, 2016 | views: 172

१४  चैत, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओली चीनको ८ दिने औपचारिक भ्रमण सकेर आइतबार स्वदेश फर्कंदै हुनुहुन्छ ।  चैत ७ गते जम्बो टोलि लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली अपरान्ह ३ बजे प्रधानमन्त्री स्वदेश र्फकने कार्यक्रम रहेको छ ।  भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए ।  बेइजिङमा बोआओ फोरममा सम्बोधन गरेपछि प्रधानमन्त्री ओली हैनान हुँदै सान्या, सियान र शनिबार छेन्दु पुग्नुभएको हो । 

प्रधानमन्त्रीसहितको टोली सिचुआन प्रान्तको छेन्दुबाट आइतबार राजधानी उत्रेने कार्यक्रम रहेको छ । उहाँले छेन्दु शहरमा रहेको भूकम्प स्मारक र सङ्ग्रहालयको अवलोकन गर्नुभयो । भूकम्पबाट भग्नावशेष बनेको एक पाँच तले विद्यालयको पनि प्रधानमन्त्रीले अवलोकन गर्नुभयो । 

त्यस्तै प्रधानसेनापति राजेन्द्र क्षेत्री आइतबार चीन भ्रमणमा जाँदै हुनुहुन्छ । जनवादी गणतन्त्र चीनका जनमुक्ति सेना प्रधानसेनापति फङ फेनघुईको औपचारिक निमन्त्रणामा उहाँ औपचारिक भ्रमणका लागि चीन जान लाग्नुभएको हो । प्रधानसेनापति भएपछि क्षेत्रीले गर्न लागेको चीन भ्रमण पहिलोपटक हो । यसअघि उनले भारत भ्रमण गरेका थिए ।