दलिमा पूर्नजिवनको लागि दयालु मनहरु खोज्दै

Posted on: May 03, 2016 | views: 1021

११ चैत, टोक्यो ।
मृगौला खराब भएपछि मृत्यसंघ संघर्ष गर्दै आएकी म्याग्दी जिल्ला मल्कबाङ्ग वडा नं ६ की दलिमा भलन्जा छन्त्यालले आफ्नो जिवन रक्षाको लागि दयालु मनहरुको खोजि गरेकी छिन् ।

परिवारको आर्थिक अवस्था कमजोर र उपचार गर्दा गर्दौ रकम जोहो गर्न नसकेपछि ३६ वर्षीय छन्त्यालको जिवन बचाउनको लागि जापानमा रहेका आफन्तजनको प्रयासमा सहयोग रकम संकलन गर्न थालिएको छ ।

हाल काठमाडौंको टिचिङ अस्पतालमा मृत्यू सँग जुधीरहेकी छन्त्यालको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले आर्थिक सहयोगको लागि जापानमा रहेका नेपाली मार्फत सहयोग रकम संकलनको प्रयास थालिएको हो ।

अस्पतालका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्न न्यूनतम १२ लाख रुपैँया लाग्ने छ । तर पारिवारीक आर्थीक अवस्था कमजोर रहेकोले त्यति ठुलो रकम जुटाउन सम्भव नहुँदा सक्दो आर्थिक सहयोग जुटाएर नेपाल पठाउन लागिएको सहयोग रकम संकलन थाल्नुभएका टिकाले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

जापानमा रहेका नेपालीहरुले दलिमा भलन्जा छन्त्याल बचाउ अभियानमा सहयोग गर्न तल उल्लेखित बैंक खाता नम्वरमा रकम सहयोग गर्न वा सम्वन्धित व्यक्ति मार्फत सहयोग गर्न सक्नुहुनेछ ।

JP bank No 10150-67055501 チャンティヤル ハリマヤ
090-6703-5961 (Tika)

080-3472-4475 (Maya)

मोबाइल नम्बर - ९८४७६४२५७६/९८४९६११४१८