३१ जनालाई राहदानी बुझ्न आउन नेपाली दूतावास जापानको सूचना

Posted on: May 03, 2016 | views: 278

मदन पाठक-१० चैत, टोक्यो ।
नेपाली राजदूतावास जापानले पासपोर्ट बनाउन दिएका ३१ नेपाली नागरिकलाई राहदानी बुझ्न आउन अनुरोध सहित सूचना जारी गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत समेत सूचना र सेवा दिंदै आएको राजदूतावासले विज्ञप्ति मार्फत ३१ जनाको नाम र ठेगाना समेत प्रकाशित गरि एमआरपी लिन आउन भनेको छ ।

२०७२ फागुन गते सम्म मेसिन रिडेवल राहदानी पासपोर्ट एमआरपीका लागि आवदेन गरेका ३१ जनाको राहदानी आइपुगिसकेको भन्दै दूतावासले सुचनामा यस्तो उल्लेख गरेको छ

राहदानी बुझ्न आउनेबारे जरुरी सूचना !!
२०७२ फागुन ०६ (१८ फेब्रुअरी २०१६) सम्म मेसिन रिडेवल राहदानी (MRP) का लागि आवदेन गरेका देहायका व्यक्तिहरुको राहदानी तयार भई प्राप्त भएकोले राहदानी बुझिलिनका लागि राजश्व बुझाएको रसिद र पुरानो राहदानी सहित राजदूतावासमा शीघ्र सम्पर्क राख्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।