जापानमा नेपाली वैज्ञानिक उत्कृष्ट

Posted on: May 02, 2016 | views: 341

१० चैत, टोक्यो ।
नेपाली बैज्ञानिक डा. अम्बादत्त पन्त जापानमा उत्कृष्ठ घोषित भएका छन् । होमोग्लोविन र पानीको घोलमा मिसिएको अक्सिजनलाई भौतिक वस्तुको प्रयोग गरी जीवनको अवस्था वारे अनुसन्धानको लागि उनलाई पुरस्कृत गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोक्तर र जापानको यामानाशी विश्वविद्यालय जापानबाट बिद्याबरिधी गरेका डा. पन्तलाई सोसाईटी अफ मियोन एण्ड मेजोन साईन्स जापानले सो विषयमा उत्कृष्ट अनुसन्धान र सोध पत्र गरेको भन्दै उपाधीले सम्मान गरेको छ ।

नेपाली बैज्ञानिक पन्तले रगतमा रहेको होमोग्लोविन र पानीको समिश्रणमा भौतिक वस्तुको प्रयोग गरेर अक्सिजनको अवस्था नाप्न सफल हुने विषयमा शोध तथा अनुसन्धान गर्नु भएको छ ।

डा. पन्तको अनुसन्धान अनुसार मानिसमा लाग्ने क्यान्सर रोग समयमै पत्ता लगाउने नयाँ प्रविधिको विकासमा टेवा पुर्याउने ठानिएको छ ।

सन २०१५ भरिमा सोसाईटी अफ मियोन एण्ड मेजोन साईन्स विषयमा विश्वभरिका वैज्ञानिकहरुले तयार गरेको सोधका आधारमा पन्तलाई यस वर्षको उत्कष्ट शोधकर्ता उपाधी प्रदान गरिएको बताइएको छ ।

उक्त विषयमा जापानका ४५ वढी विश्वविद्यालयका विद्यार्थीहरु सहभागि रहेका थिए । जापान सेन्दाईमा आयोजना गरिएको एक कार्यक्रमका वीच पन्तलाई सोमवार उत्कृष्ट उपाधी प्रदान गरिएको हो ।
पन्त नेपालको बैतडी जिल्ला सिद्धपुर गाविस का हुन् भने उनि हाल जापानको ईवाराकी राज्यमा रहेको एक विश्वविद्यालयमा अनुसन्धारत छन् ।

यस अघि समेत दुई उत्कृष्ट शोध अनुसन्धानमा पुरस्कृत भएका पन्तले आफ्नो काम र प्रयासलाई पुरस्कृत गरिएकोमा धन्यवाद दिंदै यसले आफुलाई अनुसन्धानमा लाग्न थप उर्जा मिलेको पुरस्कार ग्रहणपछि बताएका छन् ।