करोडौं ठगी गरेर जापानमा लुक्दै आएका गोविन्द तिवारी पक्राउ

Posted on: June 28, 2017 | views: 1262

गोकर्ण अधिकारी-टोकियो ।

जापान लगिदिने भन्दै १० बढी व्यक्तिसँग नेपालमा २ करोड बढी रकम ठगेर जापानमा लुक्दै आएको आरोप लागेका गोविन्द तिवारी (डा. क्रिस त्रिपाठी) पक्राउ परेका छन् ।


गोरखा इन्टरनेशनल फेसबुक मार्फत तिवारी जापानमै रहेको देखेपछि केही सेकेण्डको लाईभ लगत्तै उनि जापानको योकोहामामा रहेको खवर जापानभर भाइरल भएको थियो । लगत्तै उनलाई एनआरएन जापानका उपाध्यक्ष देविलाल भण्डारी सहितका नेपालीहरुले पक्राउ गरेका हुन् । जापानमा लुक्दै आएका तिवारीलाई समातेर योकोहामाको सिनयोकोहामामा रहेको प्रहरी चौकिमा बुझाइएको छ ।

एनआरएन उपाध्यक्ष भण्डारीले टपनेपालन्युजडटकमसँगको कुराकानीमा भन्नुभयो-'अहिले प्रहरीले लगेको छ र सोधपुछ गरिररहेको छ । अब भोली नेपाली दूतावाससँग कुरा गरेर प्राप्त प्रमाण र आरोपका आधारमा के कारवाही हुन्छ भोलि थाहा हुन्छ ।'


क्यान बियर खाएको अवस्थामा भेटिएका त्रिपाठी कट्टु र टिसर्ट लगाएको तथा क्याप समेत लगाएर नचिनिने गरि हिँडेको अवस्थामा रेलस्टेशन भित्र भेटिएका थिए । मदिराको तालमा भेटिएका त्रिपाठी रक्सिको सुरमा भेटिएको भन्दै भण्डारीले अहिले सोधेरपनि केही थाहा नुहने अवस्था छ ।

भण्डारीका अनुसार जापान प्रहरीले नेपाल प्रहरीले इन्टरपोलमा राखेको बताएपनि यसबारेमा जापान प्रहरीलाई कुनै आधिकारीक जानकारी नआएको बताएको छ । जसका कारण जापान प्रहरीले तत्काल कुनै कारवाही गर्न नसक्ने भएपनि नेपाली राजदूतावास र जतिसक्दो छिटो त्रिपाठी माथि लागेका आरोपका प्रमाण पाए जापान प्रहरीले आवश्यक कारवाही पक्रिया नेपाली राजदूतावासको समन्वयमा गर्ने छ ।


व्यवसायी, व्यापारी, विद्यार्थी देखी गृहीणि महिला समेतबाट प्रतिव्यक्ति ३० लाख सम्म उठाएर जापानमा लुक्दै आएको खवर सार्वजनिकसँगै नेपाल प्रहरीले समेत खोजि गरिरहेको बताइएका तिवारीलाई जापान स्थित नेपाली राजदूतवास र गैरआवासिय नेपाली संघ जापान सहित यहाँ रहेका संघसंस्थाहरुले भने उनको पक्राउ र नेपाल फिर्तामा खासै सक्रिय सहयोग नगरेको जापानवासी नेपाली सहित नेपालमा गुनासो हुँदै आएको छ ।


घटनाको विस्तृत विवरण प्राप्त हुँदैछ, क्रमश राख्नेछौं ।

करोडौं ठगी गरेर जापानमा लुक्दै आएका गोविन्द तिवारी पक्राउ


गोकर्ण अधिकारी-टोकियो ।

जापान लगिदिने भन्दै १० बढी व्यक्तिसँग नेपालमा २ करोड बढी रकम ठगेर जापानमा लुक्दै आएको आरोप लागेका गोविन्द तिवारी डा। क्रिस त्रिपाठी पक्राउ परेका छन् ।


गोरखा इन्टरनेशनल फेसबुक मार्फत तिवारी जापानमै रहेको देखेपछि केही सेकेण्डको लाईभ लगत्तै उनि जापानको योकोहामामा रहेको खवर जापानभर भाइरल भएको थियो । लगत्तै उनलाई एनआरएन जापानका उपाध्यक्ष देविलाल भण्डारी सहितका नेपालीहरुले पक्राउ गरेका हुन् । जापानमा लुक्दै आएका तिवारीलाई समातेर योकोहामाको सिनयोकोहामामा रहेको प्रहरी चौकिमा बुझाइएको छ । एनआरएन उपाध्यक्ष भण्डारीले टपनेपालन्युजडटकमसँगको कुराकानीमा भन्नुभयो अहिले प्रहरीले लगेको छ र सोधपुछ गरिररहेको छ । अब भोली नेपाली दूतावाससँग कुरा गरेर प्राप्त प्रमाण र आरोपका आधारमा के कारवाही हुन्छ भोलि थाहा हुन्छ ।


क्यान बियर खाएको अवस्थामा भेटिएका त्रिपाठी कट्टु र टिसर्ट लगाएको तथा क्याप समेत लगाएर नचिनिने गरि हिँडेको अवस्थामा रेलस्टेशन भित्र भेटिएका थिए । मदिराको तालमा भेटिएका त्रिपाठी रक्सिको सुरमा भेटिएको भन्दै भण्डारीले अहिले सोधेरपनि केही थाहा नुहने अवस्था छ । भण्डारीका अनुसार जापान प्रहरीले नेपाल प्रहरीले इन्टरपोलमा राखेको बताएपनि यसबारेमा जापान प्रहरीलाई कुनै आधिकारीक जानकारी नआएको बताएको छ । जसका कारण जापान प्रहरीले तत्काल कुनै कारवाही गर्न नसक्ने भएपनि नेपाली राजदूतावास र जतिसक्दो छिटो त्रिपाठी माथि लागेका आरोपका प्रमाण पाए जापान प्रहरीले आवश्यक कारवाही पक्रिया नेपाली राजदूतावासको समन्वयमा गर्ने छ ।


व्यवसायी, व्यापारी, विद्यार्थी देखी गृहीणि महिला समेतबाट प्रतिव्यक्ति ३० लाख सम्म उठाएर जापानमा लुक्दै आएको खवर सार्वजनिकसँगै नेपाल प्रहरीले समेत खोजि गरिरहेको बताइएका तिवारीलाई जापान स्थित नेपाली राजदूतवास र गैरआवासिय नेपाली संघ जापान सहित यहाँ रहेका संघसंस्थाहरुले भने उनको पक्राउ र नेपाल फिर्तामा खासै सक्रिय सहयोग नगरेको जापानवासी नेपाली सहित नेपालमा गुनासो हुँदै आएको छ ।


घटनाको विस्तृत विवरण प्राप्त हुँदैछ, क्रमश राख्नेछौं ।