एनआरएन जापानको सदस्य १० हजार बढी, सदस्यताबाटै झण्डै १ करोड ५ लाख येन संकलन (नामावलि सहित)

Posted on: June 21, 2017 | views: 661

टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको सदस्यता १० हजार ४ सय ८७ जनाले लिएका छन् ।


एनआरएन जापानले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार सदस्यता नबिकरण तथा नयाँ सदस्यता आबेदन गरेका मध्ये जुन ४ तारिक राति १२ बजे सम्ममा यति संख्यामा आवेदकहरुले पैसा दाखिला गरि सदस्यता लिएका हुन् ।


यद्यपी एनआरएन जापानले पैसा दाखिला गरेका तर अहिले सम्म सदस्यता स्विकृत नभईसकेकाहरुलाई आफ्नो फोन नम्बर, परिचय पत्र, सदस्यता सुल्क तिरेको रसिद सहित एनआरएनए कार्यसमिति अथवा क्षेत्रीय कार्यसमितिसँग तीन दिनभित्र सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।


एनआरएन जापानले प्रकाशित गरेको सदस्यहरुको नामावलीमा जून ४ तारिक पछि पैसा भुक्तानी गरेकाहरुको नाम समावेस नगरिएको तथा यसरी पछि पैसा तिर्नेहरुको सदस्यता नविकरण र नयाँ सदस्यता पाउने भएपनि आसन्न एनआरएन जापानको निर्वाचनमा भोट दिन नपाइने एनआरएन जापानले जारी गरेको सूचनामा जनाइएको छ ।


एनआरएन जापानले यसपटक अनलाईन मार्फत सदस्यता आवेदनको व्यवस्था गरेको थियो । सदस्यताका लागि अन्य कागजात सहित एक हजार येन एनआरएनको खातामा पठाएको रसिद पठाएपछि स्विकृत हुने व्यवस्था मिलाएको थियो ।


प्रति सदस्य एक हजार येनका हिसाबमा १ करोड ४ लाख ८७ हजार रकम एनआरएन सदस्य मार्फत संकलन भएको देखिएको छ ।


एनआरएन जापानको सदस्यता नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

कान्तोक्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस  

 नागोया क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

कान्साई क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस 

फुकुओका क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

ओकिनावा क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

हिरोसिमा क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

होक्काइदो क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

निगाता क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

सिजुओका क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

नागानो क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

तोचिगी क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

गुन्मा  क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

सेन्दाई क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस